तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकले गत वर्षमा १ खर्ब १३ अर्ब ७ करोड ९७ लाख रुपैयाँ गाडी कर्जा दिएका छन् । यो अघिल्लो वर्ष २०८०/८१ मा भन्दा बढी हाे ।

अघिल्लाे वर्ष वाणिज्य बैंकहरुले १ खर्ब ६ अर्ब ८६ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा गाडी कर्जा ५.८२ प्रतिशतले बढेको छ।