साना लगानीकर्ता मुसा र ठूला लगानीकर्ता बाघ हुन

Aug 26, 2025 06:14 PM Merolagani



पछिल्ला दुई कारोबार दिनदेखि शेयर बजारको सूचक सकारात्मक छ । निरन्तर रुपमा घटेको बजार पछिल्ला केही दिनदेखि सुधार हुन थालेको हाे।

मंगलबारको बजार ४.८३ अंकले बढेर २७६६.०९ विन्दुमा पुगेको छ । यस दिन ४ अर्ब १८ करोड रुपैयाँको शेयर खरिद बिक्री भएको छ ।

शेयर बजारमा लगानी गर्नेका आ-आफ्नै रणनीति हुन्छन् । कोही कम्पनीको गहिराे अध्ययन र प्रतिफलको गणना गरेर लगानी गरेका हुन्छन । कसैले प्राविधिक विश्लेषणले दिएको संकेत अनुसार खरिद बिक्रीको योजना बनाएका हुन्छन् । अल्पकालीन र दीर्घकालीन लगानी गर्ने परिपाटी छ ।

शेयर बजारको सूचक बढ्नका लागि अर्थतन्त्रका सूचकहरु समानान्तर रुपमा बढ्नु पर्ने धारणा लगानीकर्ता कृष्ण आचार्यको छ । बजारमा लगानी गर्नेले ‘‘उइन उइन’’ को अवस्था हेरेर लगानी गर्नुपर्छ । शेयर बजारमा ठूलो पूँजी लिएर आउने लगानीकर्ता बाघ जस्तै र साना लगानीकर्ता मुसा जस्तो भएको उनकाे बुझाई छ ।




मेरो शेयर तथा सि–आस्बा सेवा अवरुद्ध हुने

Aug 24, 2025 05:10 PM

मेरो शेयर तथा सि–आस्बा सेवा अवरुद्ध हुने भएको छ । सिडिएस एण्ड क्लियरिङ्गको सञ्चालमा रहेको मेरो शेयर तथा सि–आस्बा सेवा प्रणालीहरुको डाटाबेस अपग्रेडेसन गर्नुपर्ने भएकाले सेवा अवरुद्ध हुने भएको हो ।