ग्रीन भेन्चर्सले खरिद गर्यो कालीगण्डकी गर्जको ५१ प्रतिशत शेयर

Aug 27, 2025 11:14 AM Merolagani



ग्रीन भेन्चर्स कम्पनी (GVL) ले कालीगण्डकी गर्ज हाईड्रोपावर कम्पनीको संस्थापक शेयर खरिद गरेको छ । भदौ १० गते मंगलबार यी दुइ कम्पनी बीच शेयर खरिद सम्झौता भएको हो ।

ग्रीन भेन्चर्सले कालीगण्डकी गर्जको ५१ प्रतिशत संस्थापक शेयर खरिद गरेकाे हाे । कालीगण्डकी गर्ज हाईड्रोपावरले म्याग्दी र मुस्ताङ्ग जिल्ला स्थित कालीगण्डकी नदीमा १८० मेगावबाट क्षमताको अर्धजलाशययुक्त प्रोजेक्टको विकास तथा निर्माण गरिरहेको छ । उक्त आयोजनाले विद्युत उत्पादनको अनुमति पाइसकेको छ ।

सो आयोजनाको अनुमानित लागत ३९ अर्ब ५० करोड  रुपैयाँ छ । यसमा ऋण तथा स्वपूँजीको अनुपात ७५ः२५ प्रतिशत रहेको छ । यसमा लक्ष्मी सनराईज बैंकको नेतृत्वमा अन्य बैंकहरुको वित्तीय व्यवस्थापन गरिएको छ ।

 




मेरो शेयर तथा सि–आस्बा सेवा अवरुद्ध हुने

Aug 24, 2025 05:10 PM

मेरो शेयर तथा सि–आस्बा सेवा अवरुद्ध हुने भएको छ । सिडिएस एण्ड क्लियरिङ्गको सञ्चालमा रहेको मेरो शेयर तथा सि–आस्बा सेवा प्रणालीहरुको डाटाबेस अपग्रेडेसन गर्नुपर्ने भएकाले सेवा अवरुद्ध हुने भएको हो ।