३५ देश सहभागी हुने ग्लोबल इन्फ्रास्ट्रक्चर कन्फरेन्समा भाग लिन ऊर्जामन्त्री कोरिया जाने

Aug 27, 2025 12:29 PM merolagani



ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का ग्लोबल इन्फ्रास्ट्रक्चर कर्पोरेसन कन्फरेन्स २०२५ मा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन् ।

कोरियामा आगामी सेप्टेम्बर १६ देखि १८ सम्म चल्ने उक्त कन्फरेन्समा ऊर्जामन्त्री खड्का त्यहाँ जान लागेका हुन् । नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क ताइ योङबीच मंगलबार भएको भेटमा भ्रमणमा जाने कार्यक्रम तय भएको हो ।

हालसम्म सम्मेलनमा नेपालसहित विभिन्न ३५ देशले सहभागीता जनाउने सुनिश्चित भएको भेटका क्रममा योङले बताए ।




मेरो शेयर तथा सि–आस्बा सेवा अवरुद्ध हुने

Aug 24, 2025 05:10 PM

मेरो शेयर तथा सि–आस्बा सेवा अवरुद्ध हुने भएको छ । सिडिएस एण्ड क्लियरिङ्गको सञ्चालमा रहेको मेरो शेयर तथा सि–आस्बा सेवा प्रणालीहरुको डाटाबेस अपग्रेडेसन गर्नुपर्ने भएकाले सेवा अवरुद्ध हुने भएको हो ।