'३२ सयको विन्दुमा किन्नेहरुले शेयर बजार जुवा हाे भन्छन् तर तल्लो विन्दुमा किन्नेहरुले आम्दानीको राम्रो स्रोत'

Aug 28, 2025 12:44 PM Merolagani



पछिल्ला कारोबार दिनमा बजारले सकारात्मक गति लिन थालेको छ । नेपालको बजार एकतर्फी भएकै कारण घट्दा निरन्तर घट्ने र बढ्दा निरन्तर रुपमा बढ्ने गरेको पाइन्छ ।

शेयर बजार बढ्नको लागि मुलुकको अर्थतन्त्र पनि समानान्तर रुपमा चलायमान हुनुपर्छ । शेयर बजारमा लगानी गर्ने सबैले आम्दानी गर्ने लक्ष्य राखेका हुन्छन । बजारमा उचित समयको पहिचन गर्न नसक्दा सबैले कामाउन सकिरेहका छैनन । कम्पनीको अध्ययन अनुसन्धान गरेर लगानी गर्नु पर्ने लगानीकर्ता कृष्ण आचार्यको बुझाई छ । तीनै आचार्यसँग सुधा देवकोटाले गरेको कुराकानीः

शेयर बजार घट्दा बढ्दैन र बढ्दा घट्दैन जस्तो हुन्छ । वस्तवमा शेयर बजार के हो ?

सूचकमा हु्ने घटबढ शेयर बजारको लागि गहना हो । शेयर बजार अर्थतन्त्रको बलियो आधार हो । जसलाई अर्थतन्त्रकाे ऐना भनेर पनि भन्ने गरिन्छ । मुलुकमा भएको आर्थिक गतिविधि र अर्थतन्त्रको अवस्थाले बजारमा प्रतिकृया जनाइरहेकाे हुन्छ ।

अर्थतन्त्रका सूचकमा वृद्धि नभएमा शेयर बजारमा पनि अप्ठ्याराे पर्न सक्छ । तर नेपालमा विभिन्न तरिकाले बढाउने घटाउने कामहरु भइरहेको छ । यस्तो गतिविधिले शेयर बजारलाई स्थायित्व गराउन सक्दैन । शेयर बजारमा स्थिरता कायम हुनको लागि अर्थतन्त्रको अवस्था पनि सकारात्मक हुन जरुरी छ । अर्थतन्त्र सुधारात्मक भएको बेलामा सबै लगानीकर्ताले बजारबाट कमाउन सक्ने अवस्था रहेको हुन्छ । तर अहिलेका जस्तो केही व्यक्तिहरु लागेर कम्पनी चलाउन खोजिदैछ भने त्यसले सबै लगानीकर्ताले कमाउन सक्ने अवस्था रहदैन । त्यसैले शेयर बजार प्रति नकारात्मक धारणहरु बनेका हुन्छन ।

जस्तो ३२ सयको विन्दुमा पुग्दा शेयर बजारमा प्रवेश गर्ने लगानीकर्ताको अनुभव बेग्लै हुन्छ । सो व्यक्तिले शेयर बजारमा लगानी नगर्नु शेयर बजार जुवा हो भन्नु हुन्छ । तर तल्लो विन्दुमा बजारमा प्रवेश गरेको छ भने त्यस्तो लगानीकर्ताको लागि शेयर बजार आम्दानीको राम्रो स्रोत भएको हुन्छ । त्यसैले शेयर बजार लगानीकर्ताको बुझाई फरक रहन्छ ।

 अर्थतन्त्र चलायमान गराउनको लागि शेयर बजार बढ्नु पर्ने धारण पनि सुन्न पाइन्छ नि ?

हो, तपाईले भनेको कुरा ठीक हो । शेयर बजार आफैमा अर्थतन्त्रको राम्रो र बलियो आधार हो । त्यसको आरोह अवरोह अनुसार अर्थतन्त्रमा प्रभाव पारेको हुन्छ । अर्थतन्त्रका सूचकहरु समानान्तर रुपमा चल्न सक्नु पर्छ । यदि अन्य सूचक राम्रोसँग चलेको छैन भने त्यसलाई दीगो वृद्धि भन्न सकिदैन । त्यसैरी भएको बढाइमा लगानी जोखिम धेरै भएको हुन्छ । नेपाली शेयर बजार एकतर्फी छ । यो एकतर्फी बजारमा माथिल्लो मूल्यमा शेयर खरिद गरेको छ भने त्यो मूल्य पाउनको लागि धेरै वर्ष पर्खनु पर्ने अवस्था छ । अझ कम्पनीको अवस्था राम्रो बलियाे भए प्रतिफल प्राप्त गर्न सकिन्छ । तर कमजोर वित्तीय अवस्थाको कम्पनी रहेछ भने लगानीकर्तालाई धेरै निरास बनाएको हुन्छ ।

हो, शेयर बजारमा स्पेकुलेसन र म्यानुपुलेसन मार्फत बजारमा चलखेल गर्ने गरिन्छ । त्यस्तो कारोबारबाट सिमित लगानीकर्ताले मात्रै कमाउन सक्ने छन् । विस्तारै अर्थतन्त्रको सूचकहरु सकारात्मक बन्दैछन् । अर्थतन्त्र चलायमान हुँदैछ । ब्याजदर घटेको छ । तरलता छ । हाइड्रो व्यवसाय फस्टाएको छ । उत्पादनशील क्षेत्रमा अब सम्भावना धेरै छ । त्यसैले शेयर बजारमा गरिएको लगानी सुरक्षित  छ । बजार  बढ्नका लागि अर्थतन्त्रका अन्य सूचकहरु पनि चलायमान हुनुपर्छ ।

कसरी लगानी गर्नेले अहिलेको बजारबाट पनि कमाउन सक्छन ?

अहिलेको बजारमा नेतृत्व हाइड्रोपावर कम्पनीहरुले नै गरेका छन् । नेप्सेमा झण्डै १०० कम्पनीहरु सूचीकृत भएका छन् । बजारमा नयाँ आउने कम्पनीहरुको पनि ओइरो छ । बजारमा पूँजी थपिएको छ । कम्पनीको वृद्धि भए अनुसारको बजारमा माग बढ्न सकेकाे छैन । बजारमा नयाँ लगानीकर्ता आकर्षित छैनन ।

बजारमा थप लगानी गर्ने लगानीकर्ता नआएसम्म बजारले गति लिन सक्दैन । लगानीकर्ताले कम्पनी हेर्दा फण्डामेन्टल कम्पनीहरु छनोट गर्नुपर्छ । जस्तो निरन्तर रुपमा राम्रो लाभांश वितरण गरेका जसको कम्पनी प्रतिफल प्राप्त गर्दा पनि सोही मूल्यमा कारोबार गर्न सकियोस । मूल्यमा खासै धेरै उतारचढाब नहुने कम्पनीको शेयरमा लगानी गर्ने लगानीकर्ताले सधै कमाइ गर्न सकेका हुन्छन । पूँजीगत लाभसँगै लाभांश राम्रोसँग प्राप्त गर्न सकिन्छ । कसैले ट्रेन्ड चलेको आधारमा कारोबार गरेका छन् भने त्यस्ता लगानीकर्ताले पनि कमाई गर्न सकेको देखिन्छ । जुन तुलनात्मक रुपमा जोखिमपूर्ण हुन्छ । शेयर बजारमा हतार गर्नेले भन्दा धैर्य गर्ने लगानीकर्ताले राम्रो आर्जन गर्न सक्छन ।

शेयर बजारमा डिमाण्ड बढाउनको लागि के गर्नु पर्छ ?

शेयर बजारमा कम्पनीकाे संख्यासँगै बजार पूँजी बढेको छ । बजारको लागि तत्काल गर्न पर्ने सुधार भनेको शेयर बजारमा डिमाण्ड बढाउनु हो । ३२ सय पछि बजार घट्दा २०-२५ अर्ब भन्दा बढी पूँजी आएको छ । त्यसलाई थेग्न सक्ने पूँजी बजारमा आउनु पर्यो ।  नेपालीको लगानीले मात्रै बजारमा माग पुग्दैन । त्यसको लागि विदेशी लगानी ल्याउनु पर्यो । बजारमा एनआरएनलाई लगानी गर्न सक्ने गरी वातावरण सिर्जना गर्नुपर्छ ।

नेपालमा विदेशीहरु नीतिगत कठिनाई कै कारण लगानी गर्न डराएका छन् । नेपालमा गरेको लगानीकर्ताको नाफा आफूले लैजान सक्ने अवस्था छैन। नेपालमा आउ लगानी गर राजश्व तिर नाफा आफ्नो देशमा लैजान दिनुपर्छ । यदि कुनै कम्पनीले गलत गरेमा कडा जरिवान दण्ड सजायको व्यवस्था गर्नुपर्ने हुन्छ । तर लगानी गर्नकै लागि रोक्नु हुँदैन । एउटा व्यापार स्थापना गर्न धेरै संर्घष गर्नु पर्छ । त्यसैले सरकारले नेपालमा लगानी मैत्री नीति ल्याउनु पर्छ अनि मात्रै बजारमा डिमाण्ड बढ्ने छ ।

 

 

 

 




मेरो शेयर तथा सि–आस्बा सेवा अवरुद्ध हुने

Aug 24, 2025 05:10 PM

मेरो शेयर तथा सि–आस्बा सेवा अवरुद्ध हुने भएको छ । सिडिएस एण्ड क्लियरिङ्गको सञ्चालमा रहेको मेरो शेयर तथा सि–आस्बा सेवा प्रणालीहरुको डाटाबेस अपग्रेडेसन गर्नुपर्ने भएकाले सेवा अवरुद्ध हुने भएको हो ।