बाफिया विधेयकले अर्थतन्त्रका सम्पूर्ण सूचकहरुमा असर गर्दछः अध्यक्ष ढकाल

Aug 27, 2025 05:06 PM mero lagani



नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) लाई संशोधन गर्न बनेको विधेयकप्रति असन्तुष्टि जनाएका छन् । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले असन्तुष्टि प्रकट गरेका हुन् ।

कुनै बैंक वा वित्तीय संस्थाको प्रमोटरको नातेदारको कुनै एक जनाले अर्को निजी कम्पनीको १० प्रतिशत मात्र शेयर दियो भने ९० प्रतिशत अरु प्रमोटर भएको निजी कम्पनीले नै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन नपाउने बाफिया अहिले ड्राफ्ट भइरहेको बताए । यसले आम नागरिकबीच चर्चा कमाए पनि आत्मनिर्भर अर्थतन्त्र बनाउन सहयोग नपुग्ने जिकिर गरे । यसले अर्थतन्त्रका सम्पूर्ण सूचकहरुमा असर गर्ने जिकिर गरे । अहिले जति पनि उद्योग धन्दा, प्रतिष्ठानहरुमा नातेदार भन्दा बाहिरका मानिसहरु नरहेको बताए ।

उनले भने, ‘कुनै बैंक वा वित्तीय संस्थाको प्रमोटरको नातेदारको कुनै एक जनाले अर्को निजी कम्पनीको १० प्रतिशत मात्र शेयर दियो भने ९० प्रतिशत अरु प्रमोटर भएको निजी कम्पनीले नै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन नपाउने बाफिया जुन ड्राफ्ट भएको छ । त्यसमा रहेको छ । यस्ता चिजहरु आम पब्लिकमा पपुलर हुने हिसावले कानूनहरुमा यस्ता इस्युहरु आउँछन्, यसले अर्थतन्त्रका सम्पूर्ण सूचकहरुमा असर गर्दछ । आत्मनिर्भर अर्थतन्त्र बनाउन सपोर्ट गर्दैन । अहिले जति पनि उद्योग धन्दा, प्रतिष्ठानहरु छ, वास्तवमा त्यो नातेदार भन्दा बाहिरको छैन होला ।’

अध्यक्ष ढकालले भएका उद्योग धन्दा बन्द गर्नेतर्फ लाग्न नहुनेमा जोड दिए।




मेरो शेयर तथा सि–आस्बा सेवा अवरुद्ध हुने

Aug 24, 2025 05:10 PM

मेरो शेयर तथा सि–आस्बा सेवा अवरुद्ध हुने भएको छ । सिडिएस एण्ड क्लियरिङ्गको सञ्चालमा रहेको मेरो शेयर तथा सि–आस्बा सेवा प्रणालीहरुको डाटाबेस अपग्रेडेसन गर्नुपर्ने भएकाले सेवा अवरुद्ध हुने भएको हो ।