गएराति पनि सोही स्थानमा एकपटक पहिरो खसेर सडक अवरुद्ध भएको थियो।
गएराति खसेको पहिरो पन्छाएर केही घण्टा सवारी साधन चले पनि आज बिहान पुनः खसेको पहिरोले दुईतर्फी नै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।
कार्यालयका अनुसार पहिरो पन्छाउने काम भइरहेको छ।