हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गर्न अरुण काबेली पावरले बोलायो साधारण सभा

Aug 28, 2025 09:36 AM Merolagani



अरुण काबेली पावर लिमिटेड (AKPL) ले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। कम्पनीले असोज ३ गते, शुक्रबार, होटल कृष्टल पशुपती, पिङ्गलास्थान, गौशाला, काठमाडौँमा १५ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले काबेली इनर्जी लिमिटेड कम्पनीको संस्थापक शेयरमा थप लगानी गर्न तथा बैंकको दीर्घकालिन कर्जा आंशिक भुक्तानी गर्न हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले विभिन्न कम्पनीका संस्थापक शेयरमा गरिएको लगानी अनुमोदन गर्ने तथा नयाँ कम्पनीहरुमा लगानी गर्न स्वीकृती प्रदान गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पनि परित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले भदौ २५ गते, बुधबार एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार भदौ २४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।