अरुण काबेली पावर लिमिटेड (AKPL) ले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। कम्पनीले असोज ३ गते, शुक्रबार, होटल कृष्टल पशुपती, पिङ्गलास्थान, गौशाला, काठमाडौँमा १५ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।