'निजी क्षेत्रको लगानी बाँकेबाट पश्चिम जान सकेन'

Aug 28, 2025 02:25 PM Merolagani



सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर साहले निजी क्षेत्रको लगानी बाँकेबाट पश्चिम जान नसकेको गुनासो गरेका छन्। बिहीवार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रायलमा आयोजित सुदूरपश्चिम प्रदेशमा आयोजना हुने लगानी तथा विकास सम्मेलन सम्बन्धी अन्तरक्रिया कार्यक्रम उनले यस्तो बताएका हुन् ।

उनले निजी क्षेत्रको ठूलाठूला लगानीहरु लुम्बिनी प्रदेशको बाँकेसम्म मात्रै पुगेको बताए । उनले लगानी सुदूरपश्चिमसम्म के कारणले पुग्न नसकेको हो ? भन्दै प्रश्न समेत गरे । उनले सुदूरपश्चिमलाई हेर्ने दृष्टिकोणमा भिन्नता देखिएको बताए । उनले निजी क्षेत्र सुदूरपश्चिमसम्म पुग्न नसकेको कारण के हो ? भन्ने पहिचान गर्न खोजेको पनि उल्लेख गरे ।

उनले भने, ‘विशेष गरी लगानीका सन्दर्भमा दुई वटा कोणले हेर्नुपर्छ जस्तो मलाई लाग्छ । एउटा कोण सरकारले कति व्यवस्थापन गर्यो गरेन । एउटा पाटो त्यो छ, यसमा हामी धरै चुकेका छौँ । हामी गर्न खोजिरहेका छौँ । अर्को पाटो के छ भने जुनजुन निकायमा, ठाउँमा, प्रदेशमा अहिले लगानीहरु भएका छन् । ती लगानी कस्तो वातावरणमा भयो ? ती लगानी किन सुदूरपश्चिमसम्म पुग्न सक्दैन, त्यसको पनि गहिराईमा गएर हामी खोजी गर्न चाहन्छौँ । कारण के हो भन्ने पहिलाउन चाहन्छौँ, हामी । यो भन्दैगर्दा तपाईहरुलाई दुःखका साथ भन्नुपर्छ मैले अहिले निजी क्षेत्रको लगानी, ठूलाठूला लगानीहरु लुम्बिनी प्रदेशको बाँकेसम्म मात्रै पुगेको छ । त्यो भन्दा पश्चिम सर्नै सकेको छैन । यद्यपी हामीले सेजका कुरा, औद्योगिक क्षेत्रका कुरा, जग्गा प्राप्तीका कुरा उठान गर्दै गर्दाखेरी पनि हामी कहीँ त्यसमा चुकेका छौँ कि । हामीले त्यो वातावरण किन निर्माण गर्न सकेका छैनौँ । यतातिर पनि सोच्न जरुरी छ । यो भन्दैगर्दा की हामीलाई, सुदूरपश्चिमलाई हेर्ने दृष्टिकोणमा कही भिन्नता छ । अथवा सुदूरपश्चिमको आवाजलाई कसैले सुन्न दिँदैन की अथवा पुग्दैन की । अवथा हामी आफै पनि त्यो स्थानसम्म पुग्न सक्दैनौँ की भन्ने पनि मलाई महशुस हुन्छ ।’

उनले निजी क्षेत्रलाई ढुक्क भएर सुदूरपश्चिममा लगानी गर्न आग्रह समेत गरे । निजी क्षेत्रलाई जग्गा, सडक, विद्युत लगायतका पूर्वाधार प्रदेश सरकारले उपलब्ध गराउने उनले जानकारी दिए ।




मेरो शेयर तथा सि–आस्बा सेवा अवरुद्ध हुने

Aug 24, 2025 05:10 PM

मेरो शेयर तथा सि–आस्बा सेवा अवरुद्ध हुने भएको छ । सिडिएस एण्ड क्लियरिङ्गको सञ्चालमा रहेको मेरो शेयर तथा सि–आस्बा सेवा प्रणालीहरुको डाटाबेस अपग्रेडेसन गर्नुपर्ने भएकाले सेवा अवरुद्ध हुने भएको हो ।