आज स्टक एक्सचेन्ज सेन्सेटिभ इण्डेक्स (सेन्सेक्स) ७०६ अंकले घटेर ८००८०.५७ अंक कायम भएको छ भने नेशनल स्टक एक्सचेन्ज फिप्टी –निफ्टी) ५० अंकले घटेर २४५०० मा सिमित भयो । यस अघि गत मंगलबार पनि दुवै इण्डेक्समा भारी गिरावट आएको थियो । गणेश चतुर्थी पर्वका कारण बुधबार भने भारतीय शेयर बजार बन्द थियो ।
बिहीवार अमेरिकी ट्यारिफ दबाबको प्रभाव सबैभन्दा बढी आईटी, स्वास्थ्य सेवा, रियल स्टेट कम्पनीका शेयरमा परेको थियो ।

अमेरिकी शुल्कले भारतीय निर्यात र कर्पोरेट आम्दानीमा असर पार्ने सम्भावना रहेको विज्ञहरूले बताउँदै आएका छन् । यही कारणले लगानीकर्ताहरूले जोखिमबाट बच्न शेयर बेचिरहेका छन् र नयाँ शेयर खरिद गर्न डराइरहेका छन् ।