ट्रम्पले ५० प्रतिशत लगाउँदा हामीले त्यसकाे बदलामा १०० प्रतिशत ट्यारिफ लगाउनुपर्थ्यो : केजरीवाल

Aug 28, 2025 05:21 PM merolagani



आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ५० प्रतिशत ट्यारिफ लगाएका छन्, त्यसकाे बदलामा भारतले १०० प्रतिशत ट्यारिफ लगाउनु पर्ने बताएका छन् । केजरीवालले बिहीबार पत्रकार सम्मेलनमा यस्ताे बताएका हुन् ।

 

उनले बदलामा भारतले शतप्रतिशत कर लगाउनुपर्ने बताए । ‘यदि ट्रम्पले ५० प्रतिशत ट्यारिफ लगाएका छन् भने हामीले बदलामा १०० प्रतिशत ट्यारिफ लगाउनुपर्थ्यो। १४० करोड जनसंख्या कम होइन, हाम्रो बजार धेरै ठूलो छ।'




मेरो शेयर तथा सि–आस्बा सेवा अवरुद्ध हुने

Aug 24, 2025 05:10 PM

मेरो शेयर तथा सि–आस्बा सेवा अवरुद्ध हुने भएको छ । सिडिएस एण्ड क्लियरिङ्गको सञ्चालमा रहेको मेरो शेयर तथा सि–आस्बा सेवा प्रणालीहरुको डाटाबेस अपग्रेडेसन गर्नुपर्ने भएकाले सेवा अवरुद्ध हुने भएको हो ।