हाथवे इन्भेष्टमेन्ट र ४ म्युचुअल फण्डहरुको मूल्य समायोजन

Aug 29, 2025 06:41 AM Merolagani



भदौ १३ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हाथवे इन्भेष्टमेन्ट (HATHY) र ४ वटा म्युचुअल फण्डहरुको मूल्य समायोजन भएको छ।

यस दिन हाथवे इन्भेष्टमेन्टको १२ प्रतिशत बोनस शेयर समायोजन भएको हो भने सिटिजन्स सुपर ३० म्युचुअल फण्ड (C30MF) को १२.७५ प्रतिशत, प्रभु सेलेक्ट फण्डको १२ प्रतिशत, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ को १५ प्रतिशत र एनएमबि ५० को १५ प्रतिशत नगद लाभांश समायोजन भएको हो।

समायोजनपश्चात हाथवे इन्भेष्टमेन्टको शेयरमूल्य १ हजार १२४ रुपैयाँ १० पैसा कायम भएको छ। त्यस्तै, सिटिजन्स सुपर ३० को इकाईमूल्य ८ रुपैयाँ ९० पैसा, प्रभु सेलेक्ट (PSF) को १० रुपैयाँ ४० पैसा, एनएमबि सुलभ इन्भेष्टमेन्ट (NSIF2) को ९ रुपैयाँ ८८ पैसा र एनएमबि ५० को ९ रुपैयाँ ९२ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी स्टकहरुको मूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार दोस्रो बजारमा हाथवेको शेयरको अन्तिम मूल्य प्रतिकित्ता १ हजार २५८ रुपैयाँ ९९ पैसा कायम भएको थियो भने सिटिजन्स सुपर ३० को अन्तिम इकाईमूल्य १० रुपैयाँ १७ पैसा, प्रभु सेलेक्टको ११ रुपैयाँ ६० पैसा, एनएमबि सुलभको ११ रुपैयाँ ३८ पैसा र एनएमबि ५० (NMB50) को ११ रुपैयाँ ४२ पैसा कायम भएको थियो।

यही समायोजित मूल्यका आधारमा आगामी आइतबार दोस्रो बजारमा यी स्टकहरुको कारोबार खुल्नेछ।




प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।