अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ३८.१० अंक घटेर २७८१.०० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३.१० अंक बढेर २७८४.११ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.३० अंक बढेको छ।
आइतबार प्रि ओपन सेसनमा ३४ स्टकको २१२ पटकको कारोबारमा ४ करोड २२ लाख ६१ हजार ६८३ रुपैयाँबराबरको १ लाख ४ हजार ८६५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २० स्टकको मूल्य बढेको छ भने १४ स्टकको मूल्य घटेको छ।