प्रि ओपन सेसन अपडेटः साढे १५ अंक बढ्यो नेप्से

Sep 02, 2025 10:52 AM Merolagani



मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १५ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार १२.०३ अंक बढेर २७६१.८६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १५.६५ अंक बढेर २७७७.५१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ४.८४ अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा ६१ स्टकको ४४१ पटकको कारोबारमा १६ लाख ९३ हजार ४३४ रुपैयाँ २० पैसाबराबरको ६ हजार २१६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ४१ स्टकको मूल्य बढेको छ भने १९ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।




माछापुच्छ्रे बैंकद्वारा लाभांश घोषणा

Aug 29, 2025 06:52 PM

माछापुच्छ्रे बैंक लाभांश घोषणा गरेकाे छ । आज बसेकाे संचालक समिति बैठकले गत आर्थिक वर्ष २०८१/८२ को खुद नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ८ प्रतिशत लाभांश करसहित दिने प्रस्ताव गरेकाे छ ।