दुई म्युचुअल फण्डहरुको मूल्य समायोजन

Sep 05, 2025 06:21 AM Merolagani



भदौ २० गते, बुधबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई म्युचुअल फण्डहरुको मूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा नबिल ब्यालेन्स्ड फण्ड २ (NBF2) र ३ को इकाईमूल्य समायोजन भएको हो।

यस दिन यी दुबै फण्डहरुको १३ प्रतिशत नगद लाभांश समायोजन भएको हो। समायोजनपश्चात नबिल ब्यालेन्स्ड फण्ड २ को इकाईमूल्य ९ रुपैयाँ ५१ पैसा कायम भएको छ भने नबिल ब्यालेन्स्ड फण्ड ३ (NBF3) को इकाईमूल्य ९ रुपैयाँ ३१ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी फण्डहरुको मूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार, दोस्रो बजारमा नबिल ब्यालेन्स्ड फण्ड २ को इकाई प्रतिकित्ता १० रुपैयाँ ८१ पैसा र नबिल ब्यालेन्स्ड फण्ड ३ को इकाई प्रतिकित्ता १० रुपैयाँ ६१ पैसामा कारोबार भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर आगामी साता यी फण्डहरुको कारोबार खुल्नेछ।




लगातार चार दिन सरकारी बिदा, सरकारी कर्मचारीलाई राहत

May 22, 2026 12:15 PM

आगामी जेठ १४ गतेदेखि लगातार चार दिन बिदा परेको छ । जेठ महिनामा लगातार चार दिने बिदा हुने यो पहिलो पटक हो ।