दुई म्युचुअल फण्डहरुको मूल्य समायोजन

Sep 05, 2025 06:21 AM Merolagani



भदौ २० गते, बुधबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई म्युचुअल फण्डहरुको मूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा नबिल ब्यालेन्स्ड फण्ड २ (NBF2) र ३ को इकाईमूल्य समायोजन भएको हो।

यस दिन यी दुबै फण्डहरुको १३ प्रतिशत नगद लाभांश समायोजन भएको हो। समायोजनपश्चात नबिल ब्यालेन्स्ड फण्ड २ को इकाईमूल्य ९ रुपैयाँ ५१ पैसा कायम भएको छ भने नबिल ब्यालेन्स्ड फण्ड ३ (NBF3) को इकाईमूल्य ९ रुपैयाँ ३१ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी फण्डहरुको मूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार, दोस्रो बजारमा नबिल ब्यालेन्स्ड फण्ड २ को इकाई प्रतिकित्ता १० रुपैयाँ ८१ पैसा र नबिल ब्यालेन्स्ड फण्ड ३ को इकाई प्रतिकित्ता १० रुपैयाँ ६१ पैसामा कारोबार भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर आगामी साता यी फण्डहरुको कारोबार खुल्नेछ।




सुन र चाँदीको मूल्य घट्ने क्रम जारी

Oct 28, 2025 11:08 AM

कात्तिक ११ गते, मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्यले घट्ने क्रमलाई निरन्तरता दिएको छ। यस दिन सुन प्रतितोला २ हजार ९०० रुपैयाँ घटेको छ भने चाँदी तोलामा ६० रुपैयाँ घटेको छ।