कम्पनीले सर्वसाधारण समूहको २ लाख ३८ हजार ४४३ कित्ता अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्न लागेको हो। सो शेयर खरिदका लागि भदौ २९ गतेदेखि असोज १२ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ।
शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम शेयर संख्याको लागि कुनै हद तोकिएको छैन।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक आबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै राष्ट्रिय वाणिज्य बैंकका वीरगञ्ज–पर्सा, जनकपुर–धनुषा, नारायणगढ–चितवन, बाग्लुङ्ग, बुटवल–रुपन्देही, नेपालगञ्ज–बाँके, वीरेन्द्रनगर–सुर्खेत, धनगढी–कैलाली, बिर्तामोड–झापा, हेटौँडा–मकवानपुर, तुल्सीपुर–दाङ्ग, महेन्द्रनगर–कन्चनपुर, चैनपुर–संखुवासभा, खाँदबारी–संखुवासभा र धरान–सुनसरी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।