वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि श्रीनगर एग्रीटेकको आईपीओ बाँडफाँट

Sep 08, 2025 11:08 AM Merolagani



श्रीनगर एग्रीटेक इन्डष्ट्रिजले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो।

कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ३ करोड ९ लाख ९३ हजार ८०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ३ लाख ९ हजार ९३८ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि गत भदौ ११ गतेदेखि १६ गतेसम्म निष्काशन गरेको थियो।

सो शेयरमा कुल ६४ हजार ८१२ जनाले १० लाख १५ हजार ४७० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये ६४ हजार ७९ कित्ता आवेदन स्वीकृत भएको थियो भने १३ आवेदन रद्द भएको थियो।

मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जसअनुसार ३० हजार ९९३ जनाले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्। यसरी बाँडफाँट गर्दा बाँकी रहेको ८ कित्ता शेयर सोही लगानीकर्ताहरुमा बाँडफाँट गरिएको छ। अर्थात भाग्यमानी ८ जनाले कम्पनीको थप १ कित्ता अर्थात कुल ११ कित्ता शेयर प्राप्त गरेका छन्।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।