अलपत्र भारतीय नागरिकलाई विशेष उडानमार्फत लगिँदै

Sep 11, 2025 02:17 PM MeroLagani



जेनजी आन्दोलनपछि नेपालमा अलपत्र भारतीय नागरिकलाई विशेष उडानमार्फत नयाँ दिल्ली लगिन थालेको छ। अलपत्र भारतीयलाई स्वदेश फर्काउन एयर इन्डिया र इन्डिगो एयरलाइन्सले विशेष उडान सुरु गरेका हुन्।

आन्दोलनकारीले सरकारी तथा निजी सम्पत्तिमाथि आगलागी गरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ घन्टाभन्दा लामो समय बन्द हुँदा काठमाडौंमा रहेका भारतीयसहित विदेशी यात्रु अलपत्र परेका छन्।

भारतीय नागरिक उड्डयनमन्त्री राममोहन नायडुले सामाजिक सञ्जालमार्फत आगामी दिनमा पनि नागरिकको सुरक्षित यात्राका लागि थप उडान हुने बताएका छन्।

विमानस्थल सञ्चालनमा आएपछि भारतीय नागरिक उड्डयन मन्त्रालयले आफ्ना नागरिकलाई स्वदेश फर्काउन एयर इन्डिया र इन्डिगोञसँगको समन्वयमा बिहीबारदेखि अतिरिक्त उडान व्यवस्था गरेको हो।