अल्बानियामा भ्रष्टाचार रोक्न एआई मन्त्री

Sep 14, 2025 10:12 AM Merolagani



अल्बानिया एआई मन्त्री भएको विश्वको पहिलो देश बनेको छ। यो कुनै मानव होइन, तर पिक्सेल र कोडबाट बनेको भर्चुअल मन्त्री हो, जुन पूर्ण रूपमा आर्टिफिसियल इन्टेलिजेन्स अनुसार काम गर्दछ। यसको नाम डिएला हो।

प्रधानमन्त्री एडी रामाले चौथो कार्यकाल जितेको केही महिनापछि हालै डिएलालाई आफ्नो मन्त्रिपरिषदमा समावेश गरेका छन्। डिएलालाई सरकारी कोष परियोजनाहरू र सार्वजनिक टेन्डरहरूमा भ्रष्टाचार रोक्ने जिम्मेवारी दिइएको छ।

विपक्षीले यसको आलोचना गरेको छ। डेमोक्र्याटिक पार्टीले यो प्रचार स्टन्ट र संविधान विरुद्ध पनि भएको बताएको छ।

डिएलाले १० लाख मानिसहरूलाई सहयोग गरिसकेकी छिन्

डिएला नामको अर्थ अल्बेनियाली भाषामा ‘घाम’ वा ‘सूर्य’ हो। डिएलाले पहिले पनि अल्बेनियामा काम गरिसकेकी छिन्। उनी एआई–आधारित भर्चुअल सहायक थिइन् जसले नागरिकहरूलाई सरकारी कागजातहरू प्राप्त गर्न मद्दत गर्थे। अर्थात्, अल्बेनियाली नागरिकहरू पहिले नै डिएलासँग परिचित छन्।

रामाले डिएलाले ई–अल्बेनिया प्लेटफर्ममा दस लाखभन्दा बढी मानिसहरूलाई मद्दत गरेको दाबी गरेका छन्। तर अब उनी डिएललाई साधारण च्याटबोटभन्दा बाहिर लैजाने र यसलाई सरकारी सञ्चालनको एक महत्त्वपूर्ण भाग बनाउने योजनामा ​​छन्।

सरकारी तथ्याङ्क चुहावट गर्ने छैन डिएलाले

प्रधानमन्त्री रामा भन्छन् कि ठूला विकसित अर्थतन्त्रहरू अझै पनि पुरानो तरिकामा अड्किएका छन्, जबकि अल्बानियाले यस पहल मार्फत ठूलो फड्को मार्न सक्छ। रामाले भने कि उनको उद्देश्य अल्बानियालाई पूर्ण रूपमा भ्रष्टाचारमुक्त देश बनाउने हो।

अल्बानियाको संविधानले मन्त्री बन्नको लागि मानिस वयस्क र सक्षम हुनु पर्ने भएकाले एआई मन्त्रीको नियुक्ति एक प्रतीकात्मक कदम हो। तर अझै पनि, मानिसको तुलनामा एआई रोज्नुका धेरै फाइदाहरू छन्। डिएला कहिल्यै सरकारी गोप्य कुराहरू चुहाउनेछैनन्, न त भ्रष्टाचार वा खर्च घोटालामा फस्नेछिन्। उनलाई केवल बिजुलि चाहिन्छ।

जुनको सुरुमा, रामाले भनेका थिए कि एक दिन अल्बानियामा डिजिटल मन्त्री हुनेछ र सायद एआई प्रधानमन्त्री पनि हुनेछ। त्यतिबेला थोरै मानिसहरूले सोचेका थिए कि यो यति चाँडै वास्तविकतामा परिणत हुनेछ।

विपक्षी दलले भन्यो एआई मन्त्रीको नियुक्ति असंवैधानिक

डिएलाको नयाँ भूमिकाप्रति मिश्रित प्रतिक्रिया आएका छन्। विपक्षी डेमोक्र्याटिक पार्टीले यसलाई ‘हास्यास्पद’ र ‘असंवैधानिक’ भनेको छ। साथै, केही मानिसहरू यो राम्रो पहल भएको विश्वास गर्छन्।
वित्तीय सेवा कम्पनी बाल्कन क्यापिटलकी संस्थापक अनिदा बज्रक्तारी बिजाले प्रधानमन्त्री एडी रामा प्रायः नाटकीय रूपमा सुधारहरू प्रस्तुत गर्छन्, त्यसैले मानिसहरूले यसलाई नक्कली मान्न सक्छन् भनिन्। तर यदि यसलाई साँच्चै पारदर्शिता बढाउने र विश्वास निर्माण गर्ने प्रणालीमा रूपान्तरण गरियो भने, यो उपयोगी साबित हुन सक्छ।

भ्रष्टाचार विरोधी विज्ञहरू पनि एआई लाभदायक हुन सक्छ भन्ने विश्वास गर्छन्।

वास्तवमा, अल्बानिया लामो समयदेखि भ्रष्टाचारको समस्यासँग संघर्ष गरिरहेको छ। युरोपेली संघका धेरै रिपोर्टहरूले यो पनि भनेका छन् कि अल्बानियामा भ्रष्टाचार तल्लो तहमा मात्र नभई उच्च तहमा पनि फैलिएको छ। राजनीतिज्ञ, मन्त्री र वरिष्ठ अधिकारीहरू यसमा संलग्न छन्।

ईयू ले बारम्बार भनेको छ कि यदि अल्बानिया २०३० सम्म सदस्य रहन चाहन्छ भने, भ्रष्टाचार उन्मूलन गर्न र न्यायपालिकालाई बलियो बनाउन तत्काल र ठोस कदम चाल्नुपर्छ। यही कारणले गर्दा रामा सरकारले अब अन्तर्राष्ट्रिय स्तरमा सुधारहरूप्रति गम्भीर छ भनेर देखाउन एआई जस्ता नयाँ प्रविधिहरूको प्रयोग गरिरहेको छ।

प्रधानमन्त्री रामाले मे २०२५ मा ऐतिहासिक चौथो जनादेश जितेका थिए। त्यसपछि उनले २०३० सम्ममा अल्बानिया युरोपेली संघको हिस्सा बन्ने वाचा गरेका थिए।

(दैनिक भाष्करबाट)

 



अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।