बुङ्गल हाइड्रोको आईपीओ बाँडफाँट

Sep 18, 2025 09:55 AM Merolagani



असोज २ गते, बिहीबार, बुङ्गल हाइड्रो लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा आज बिहान सो आईपीओ बाँडफाँट भएको हो।

कम्पनीले गत भदौ १६ गतेदेखि १९ गतेसम्म सर्वसाधारणका लागि १७ करोड १ लाख ५० हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १७ लाख १ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गरेको थियो। सो शेयरमा कुल २१ लाख ७५ हजार ८८८ जनाले २ करोड ३७ लाख ३८ हजार ९१० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये ३२ हजार ६३८ आवेदन रद्द भएका छन् भने २१ लाख ४३ हजार २५० आवेदन स्वीकृत भएका छन्।

मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रिया मार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जस अनुसार कुल १ लाख ७० हजार १५० जनाले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।

आईपीओको नतिजा केही बेरपछि https://iporesult.cdsc.com.np/ मा हेर्न सकिनेछ।




चेकबाट हुने रकम भुक्तानीमा राष्ट्र बैंकले ल्यायो यस्ताे व्यवस्था

Feb 26, 2026 06:14 PM

नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।