बुङ्गल हाइड्रोको आईपीओ बाँडफाँट

Sep 18, 2025 09:55 AM Merolagani



असोज २ गते, बिहीबार, बुङ्गल हाइड्रो लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा आज बिहान सो आईपीओ बाँडफाँट भएको हो।

कम्पनीले गत भदौ १६ गतेदेखि १९ गतेसम्म सर्वसाधारणका लागि १७ करोड १ लाख ५० हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १७ लाख १ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गरेको थियो। सो शेयरमा कुल २१ लाख ७५ हजार ८८८ जनाले २ करोड ३७ लाख ३८ हजार ९१० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये ३२ हजार ६३८ आवेदन रद्द भएका छन् भने २१ लाख ४३ हजार २५० आवेदन स्वीकृत भएका छन्।

मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रिया मार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जस अनुसार कुल १ लाख ७० हजार १५० जनाले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।

आईपीओको नतिजा केही बेरपछि https://iporesult.cdsc.com.np/ मा हेर्न सकिनेछ।




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।