
लगानीकर्तालाई लाग्यो, यो ठूलो कुरा होइन बजारको नियमित चक्रकै एउटा कडी हो । तर, त्यो केवल बजारको नियमित गतिको अंश थिएन, बरु गम्भिर दुर्घटनाको संकेत थियो भन्ने कुरा त्यतिबेला पुष्टि भयो, जतिबेला एकैदिन विश्वभरकै शेयर बजार गम्भिर दुर्घटनामा परेर लगभग थला पर्यो । त्यो दिन थियो-१९८७ अक्टुवर १९ तारिख मन्डे अर्थात सोमबार । सोमबार घटेको दुर्घटना भएकोले त्यसलाई शेयर बजारको इतिहासमा ‘ब्ल्याक मन्डे’ अर्थात कालो सोमबारको रुपमा चर्चित छ ।
उक्त दिन हङकङ,लन्डन, बर्लिन र न्यूयोर्क लगायत विश्वभरका शेयर बजारहरू एकैपटक ठूलो विन्दुमा घटे । के भनिन्छ भने उक्त दिन विश्वका धेरै देशहरुको शेयर सूचकाँकहरु लगभग ५०० विन्दुले घटेका थिए । लगभग सबै क्षेत्रका शेयर मूल्यहरु घटे ।
लगानीकर्ताले एकै कारोबार दिनमा यति धेरै रकम गुमाए कि त्यति रकम अहिलेसम्म एकै कारोबार दिनमा घटेको छैन । त्यसैले पनि कालो सोमबार शेयर बजारको इतिहासमा अलग्गै महत्व र चेतावनीको दिन मानिन्छ ।