सागर डिष्टिलरीको आईपीओ बाँडफाँट

Sep 28, 2025 09:30 AM Merolagani



असोज १२ गते, आइतबार, सागर डिष्टिलरीको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो।

कम्पनीले गत भदौ ३० गतेदेखि असोज ९ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूलयका ११ करोड ९० लाख ६४ हजार रुपैयाँबराबरको ११ लाख ९० हजार ६४० कित्ता शेयर निष्काशन गरेको थियो।

सो निष्काशनमा कुल २२ लाख २७ हजार ५०३ जनाले २ करोड ४२ लाख ८० हजार ५८० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये २१ लाख ९३ हजार ८२३ आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएका छन्।

मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जसअनुसार १ लाख १९ हजार ६४ आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्। आईपीओको नतिजा केही बेरमा https://iporesult.cdsc.com.np/ मा गइ हेर्न सकिनेछ।




नेप्सेमा भाँडभैलो, नवनियुक्त अध्यक्षमाथि नेप्सेका कर्मचारीको अमर्यादित व्यवहार

Sep 23, 2025 01:48 PM

नेपाल स्टक एक्सचेन्ज एक्सचेन्ज(नेप्से)का कर्मचारीले मङ्गलवार भाँड भैलो गरेका छन्। नव नियुक्त नेप्सेका अध्यक्ष हेमन्त बस्यालको राजीनामा माग गर्दै भाड भैलो गरिरहेका हुन्।