युनिटी कप टी–२०आई सिरिजः नेपाल वेस्ट इन्डिजसँग पराजित

Oct 01, 2025 03:34 AM Merolagani



यूएईमा जारी युनिटी कप टी–२०आई सिरिज अन्तर्गत वेस्ट इन्डिजसँगको तेस्रो खेलमा नेपाल पराजित भएको छ। मंगलबार राति भएको खेलमा नेपाल वेस्ट इन्डिजसँग १० विकेटले पराजित भएको हो।

यस अघिका दुई खेलमा लगातार जित हासिल गरेर सिरिज आफ्नो नाममा गरिसकेको नेपालले अन्तिम खेलमा भने फराकिलो हार व्यहोरेको हो। टस हारेर ब्याटिङ्गको निम्तो पाएको नेपालले १९.५ ओभरमा १२२ रन मात्र बनाउन सफल भयो। नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३९ रन बनाएका थिए।

१२३ रनको लक्ष्य लिएर जवाफी ब्याटिङ्गमा उत्रिएको वेस्ट इन्डिजले १२.२ ओभरमा नै कुनै पनि विकेट नगुमाइ पुरा गरेपछि नेपाल १० विकेटले पराजित भएको हो। वेस्ट इन्डिजका लागि ओपनर अमिर जांगुले सर्वाधिक ७४ रन बनाएर अविजित रहे।




सिटिजन्स बैंकले घोषणा गर्यो लाभांश

Sep 26, 2025 12:09 PM

सिटिजन्स बैंकले आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकको असोज १० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।