आज तलेजु भवानी मन्दिर सबैका लागि खुल्ला, बिहानैदेखि भक्तजनको भिड

Oct 01, 2025 07:00 AM Merolagani



हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर आज सबैका लागि खुला गरिएको छ। तलेजु मन्दिर वर्षमा एक पटक अर्थात आश्विन शुक्ल नवमीका दिन मात्र सबैका लागि खुला गरिन्छ।

नवरात्रको अन्तिम दिन अर्थात् महानवमीको दिनमात्र खुल्ने तलेजु भवानीको मन्दिर दर्शन तथा पूजाअर्चनाका लागि भक्तजनहरु बिहानैदेखि भिड लागेको छ।

तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूल चोकमा ल्याइएको थियो। तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने चलन छ।




सिटिजन्स बैंकले घोषणा गर्यो लाभांश

Sep 26, 2025 12:09 PM

सिटिजन्स बैंकले आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकको असोज १० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।