शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले सत्य, धर्म र न्यायको विजयको प्रतीकका रूपमा रहेको यस महान् चाडको दिन मान्यजनहरूबाट नवदुर्गा भवानीको प्रसाद टीका, जमरा र आशिर्वाद ग्रहण गर्ने परम्पराको स्मरण गरेका छन् ।
राष्ट्रपति पौडेलले यस अवसरमा समग्र राष्ट्रमा मेलमिलाप, सद्भाव र कल्याणका लागि दुर्गा भवानीसँग प्रार्थना गरेको उल्लेख गरेका छन् । उनले मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामनासमेत गरेका छन् ।
