प्रधानमन्त्री सुशीला कार्कीले दसैँका अवसरमा यसवर्ष टीका नलगाउने

Oct 02, 2025 06:45 AM merolagani



प्रधानमन्त्री सुशीला कार्कीले दसैँका अवसरमा यसवर्ष टीका नलगाउने भएकी छन् ।

दसैँ हर्सोल्लासका साथ मनाउने पर्व भए पनि जेन–जी आन्दोलनका क्रममा युवाहरूले ज्यान गुमाउनु परेको दुःखद क्षण तथा धेरै घाइते भएको पीडा अझै ताजै भएकाले यस वर्ष टीका लगाउने कार्यक्रम नरहेको प्रधानमन्त्री कार्कीको प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्री कार्कीको सचिवालयले पीडाको यस अवस्थामा उनले टीका नलगाउने र सर्वसाधारणलाई पनि टीका नलगाउने स्पष्ट गरेको छ ।




आरएसडिसी लघुवित्तको लाभांश घोषणा

Sep 28, 2025 10:40 AM

आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड (RSDC) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।