पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई टीका–जमरा नलगाउने

Oct 02, 2025 06:51 AM merolagani



पूर्वराजा ज्ञानेन्द्र शाहले यो वर्षको विजयादशमीका अवसरमा टीका तथा जमरा सर्वसाधारणलाई नलगाउने भएका छन् ।

पूर्वराजाले वर्तमान परिस्थितिलाई राष्ट्र चरम विध्वंस र शोकको स्थितिमा रहेको भन्दै यसपटकको दसैँलाई पारिवारिक र सांस्कृतिक रूपमा मात्र सीमित गर्न बाध्य भएको बताएका छन्।

घटस्थापनाकै दिन दसैँका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले जेन–जी आन्दोलनका क्रममा सहिद भएको घटनाले आमनागरिक शोकमग्न रहेको र वातावरण संवेदनशील भएकाले आफूले सार्वजनिक रूपमा टीका लगाइदिने कार्यक्रम नगर्ने निर्णय गरेको बताए।

‘सही, सत्य, अग्रजको आदर, मर्यादा र अनुशासन कायम राख्ने, राष्ट्रलाई माया गर्ने राष्ट्रिय सोच एवं चेत हामीमा हुनैपर्दछ। जे भयो, अबको नयाँ पुस्ता आशा, विश्वास र भरोसाका साथ अघि बढोस्,’ उनले शुभकामना सन्देशमा भनेका छन् ।




आरएसडिसी लघुवित्तको लाभांश घोषणा

Sep 28, 2025 10:40 AM

आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड (RSDC) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।