सरकारमा हुनेहरुको बुद्धि नपुगेकै कारण जेन जी पुस्ताहरुको ज्यान गएको प्रधानमन्त्री सुशीला कार्की भनाई

Oct 02, 2025 07:20 PM merolagani



अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले सरकारमा हुनेहरुको बुद्धि नपुगेकै कारण जेन जी पुस्ताहरुको ज्यान गएको बताएकी छिन्।

विजया दशमीको दिन जेन—जी युवा आन्दोलनका क्रममा ज्यान गुमाएका शहीद परिवारसँग भेट गर्दै उनले यस्तो बताएकी हुन् । उनले नहुनुपर्ने घटना भएको र आन्दोलनका क्रममा निधन भएकाहरुको परिवारलाई कसरी सहयोग गर्ने भन्नेबारे सोचेको बताइन । राज्यले मृतकलाई फर्काएर ल्याउन नसके पनि मद्दत गर्ने प्रतिवद्धता जनाइन ।

प्रधानमन्त्री कार्कीसँगै शहीद परिवारलाई भेट्न पुगेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शहीदहरुको रगतमाथि अन्याय हुन नदिने र शहीदहरुको रगतले न्याय पाउने बताए । 

गत भदौ २३ र २४ गते भएको जेन जी पुस्ताको आन्दोलनका क्रममा ७६ जनाको ज्यान गएको थियो । साथै सयौँ मानिस घाईते भएका छन् । यस वर्ष पूर्वराजा ज्ञानेन्द्र शाह, राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री कार्कीले पनि सर्वसाधारणलाई दशैँको टीका लगाइदिनुभएन । कार्कीले आफूले पनि जेन जी पुस्ताको मृत्युको शोकमा टीका ग्रहण गर्नु भएन ।




सुन र चाँदीको मूल्यमा रेकर्ड ब्रेक, कति पुग्यो मूल्य ?

Sep 28, 2025 10:58 AM

असोज १२ गते, आईतबार,नेपाली बजारमा सुन र चाँदीको मूल्यले रेकर्ड ब्रेक गरेको छ । यस दिन सुन प्रतितोला ७०० रुपैयाँ र चाँदी तोलामा ७० रुपैयाँ बढेर रेकर्ड ब्रेक गरेको हो ।