गत साता ३ प्रतिशत घटेको नेप्से, यस साता के होला?

Oct 12, 2025 06:28 AM Merolagani



गत साता नेप्से परिसूचक ३ प्रतिशत घटेर बन्द भएको थियो। अघिल्लो साता २६६३.५१ विन्दुमा बन्द भएको नेप्से, गत साता ३.०५ प्रतिशत अर्थात ८१.३३ अंक घटेर २५८२.१८ विन्दुमा झरेको छ।

गत साता ३ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये १ करोबार दिन नेप्से बढेको थियो भने २ कारोबार दिन नेप्से घटेर बन्द भएको थियो।

टेवा क्षेत्रमा

गत साता नेप्से घटेर टेवा क्षेत्रमा झरेको छ। हाल नेप्सेको टेवा क्षेत्र २५८० देखि २६१० सम्म रहेको छ। आगामी दिनमा नेप्सेले सो क्षेत्रमा टेवा पाएर उकालो लागेमा २८०० देखि २८६० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

रिभर्सलको संकेत

साताको अन्तिम कारोबार दिन नेप्सेले इन्भर्टेड ह्यामर मैनबत्ती बनाएको छ। यो एक बुलिश रिभर्सल मैनबत्ती हो। यसले आगामी दिनमा बजार रिभर्स हुने संकेत गर्दछ। साप्ताहिक रुपमा भने नेप्सेले बियरिश मैनबत्ती बनाएको छ। जसले गत साता नेप्सेमा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ।

बलियो भोल्यूम

गत साता नेप्सेको भोल्यूम भने बलियो रहेको छ। गत साता नेप्सेमा दैनिक औषतमा ५ अर्ब २२ करोडको शेयर कारोबार भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ५ अर्ब १० करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम २.३५ प्रतिशत बढी हो।

बियरिश प्रवृत्ति

गत साता नेप्से परिसूचक बियरिश प्रवृत्तिमा रहेको छ। गत साता नेप्सेको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा तल रहेको छ। साथै, यी दुबै रेखाहरु नकारात्मक क्षेत्रमा रहेका छन्। गत साता नेप्सेको हिस्टोग्रामको उचाई पनि नकारात्मक क्षेत्रमा बढ्दो क्रममा रहेको छ।

बिक्री चाप बढी

गत साता नेप्सेको स्टकास्टिक आरएसआई ओभरसोल्ड जोन रहेको छ। यसले गत साता बजारमा खरिदचापको तुलनामा बिक्रीचाप बढी रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




सालपा विकास बैंकको आईपीओ बाँडफाँट

Jan 09, 2026 10:03 AM

पुस २५ गते, शुक्रबार, सालपा विकास बैंक लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बैंकले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ यस दिन बाँडफाँट भएको हो।