गत साता करिब १ प्रतिशत बढेको नेप्से, यस साता के होला?

Aug 31, 2025 06:23 AM Merolagani



गत साता नेप्से परिसूचक करिब १ प्रतिशत बढेर बन्द भएको थियो। अघिल्लो साता २७५७.९७ विन्दुमा बन्द भएको नेप्से, गत साता ०.८४ प्रतिशत अर्थात २३.०३ अंक बढेर २७८१.०० विन्दुमा पुगेको छ।

गत साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये ३ करोबार दिन नेप्से बढेको थियो भने २ कारोबार दिन नेप्से घटेर बन्द भएको थियो।

 

प्रतिरोध परीक्षणमा

गत साता नेप्से प्रतिरोध परीक्षणमा रहेको छ। साताको अन्तिम दुई कारोबार दिन नेप्सेले प्रतिरोध परीक्षण गरेको हो। हाल नेप्सेको प्रतिरोध क्षेत्र २७६० देखि २८०० सम्म रहेको छ। आगामी दिनमा नेप्सेले सो क्षेत्रमा प्रतिरोधको सामना गरेर ओरालो लागेमा २६९० देखि २७२० को क्षेत्रमा टेवा पाउने देखिन्छ। तर सो प्रतिरोध क्षेत्र तोडेर उकालो लागेमा भने २८८० देखि २९२० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

खरिदकर्ता बलियो हुँदै

साप्ताहिक रुपमा नेप्सेले गत साता हरियो स्पिनिङ्ग टप मैनबत्ती बनाएको छ। यसले बजारमा बिस्तारै खरिदकर्ता बलियो हुन थालेको संकेत गर्दछ। यद्यपि, साताको अन्तिम कारोबार दिन भने नेप्सेले रातो मैनबत्ती बनाएको छ। यसलेसो दिनमा बजारमा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ।

कमजोर भोल्यूम

गत साता नेप्से बढेपनि भोल्यूम भने कमजोर रहेको छ। गत साता नेप्सेमा दैनिक औषतमा ६ अर्ब ४५ करोडको शेयर कारोबार भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ७ अर्ब ९० करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम १८.३५ प्रतिशत कम हो।

बियरिश प्रवृत्ति

गत साता नेप्से परिसूचक बियरिश प्रवृत्तिमा रहेको छ। गत साता नेप्सेको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा तल रहेको छ। यद्यपि, साताको अन्तिम कारोबार दिन यी दुई रेखाहरुबीचको दूरी साँघुरिएको छ भने नकारात्मक क्षेत्रमा रहेको हिस्टोग्रामको उचाई घट्दो क्रममा रहेको छ।

बिक्री चाप बढी

गत साता नेप्सेको स्टकास्टिक आरएसआई ओभरसोल्ड जोनमा झरेको छ। यसले गत साता बजारमा खरिदचापको तुलनामा बिक्रीचाप बढी रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 27, 2025 07:17 AM

मंसिर ११ गते, बिहीबार, ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।