गत साता पाँच कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये चार कारोबार दिन नेप्से घटेको थियो भने १ कारोबार दिन बढेर बन्द भएको थियो।
प्रतिरोध परीक्षणपछि झर्यो नेप्से
अघिल्लो साता प्रतिरोध परीक्षणमा रहेको नेप्से परिसूचक, गत साता प्रतिरोध तोड्न नसकेर झरेको छ। हाल नेप्सेको प्रतिरोध क्षेत्र २८०० देखि २८६० सम्म रहेको छ। आगामी दिनमा नेप्से ओरालो लागेमा २६४५ देखि २६९० को क्षेत्रमा टेवा पाउने देखिन्छ।
सुस्ताएको बजार
गत साता बजार सुस्ताएको छ। गत साता बनेको मैनबत्तीहरुको लामो पुच्छर र छोटो शरीरले यस कुराको संकेत गर्दछ। लगानीकर्ताहरु अब अर्को ठूलो मुभको पर्खाइमा रहेका छन्। यद्यपि, साप्ताहिक रुपमा नेप्सेले गत साता रातो मैनबत्ती बनाएको छ। जसले बजारमा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ।

कमजोर भोल्यूम
गत साता नेप्सेको भोल्यूम कमजोर रहेको छ। गत साता नेप्सेमा दैनिक औषतमा ५ अर्ब ८७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ९ अर्ब १३ करोड रुपैयाँ रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम ३५.७० प्रतिशत कम हो।

कमजोर बुलिश मुभमेन्ट
गत साता नेप्सेको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा तल रहेको छ। त्यस्तै, नेप्सेको हिस्टोग्राम पनि नकारात्मक क्षेत्रमा रहेको छ। यसले गत साता बजारमा बुलिश मुभमेन्ट कमजोर रहेको संकेत गर्दछ।

ओभरसोल्ड जोन नजिक
गत साता नेप्सेको स्टकास्टिक आरएसआई ओभरसोल्ड जोन नजिक रहेको छ। जब यो आरएसआई ओभरसोल्ड जोन नजिक पुग्छ, तब बजारमा एक ‘बाउन्स ब्याक’ आउने सम्भावना बढी हुन्छ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)
(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)