गत साता करिब ४ प्रतिशत बढेको नेप्से, यस साता के होला?

Nov 02, 2025 06:26 AM Merolagani



गत साता नेप्से परिसूचक करिब ४ प्रतिशत बढेर बन्द भएको थियो। तिहार अघि २५०३.८५ विन्दुमा बन्द भएको नेप्से, गत साता ३.८६ प्रतिशत अर्थात ९६.५३ अंक बढेर २६००.३८ विन्दुमा पुगेको छ।

गत साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये ३ कारोबार दिन नेप्से बढेको थियो भने १ कारोबार दिन घटेर बन्द भएको थियो।

प्रतिरोध क्षेत्रमा

गत साता नेप्से बढेर प्रतिरोध क्षेत्रमा पुगेको छ। हाल नेप्सेको प्रतिरोध क्षेत्र २५८० देखि २६१० सम्म रहेको छ। आगामी दिनमा नेप्सेले सो क्षेत्रमा प्रतिरोधको सामना गरी ओरालो लागेमा २४४० देखि २४९० को क्षेत्रमा टेवा पाउने देखिन्छ। तर, सो प्रतिरोध क्षेत्र तोडेर उकालो लागेमा २८०० देखि २८६० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

खरिदकर्ता बलियो

साप्ताहिक रुपमा गत साता नेप्सेले बुलिश मारुबोजु मैनबत्ती बनाएको छ। त्यसैगरी, साताको अन्तिम कारोबार दिन पनि नेप्सेले हरियो मैनबत्ती नै बनाएको छ। यस सो साता र सो दिन बजारमा खरिदकर्ता बलियो रहेको संकेत गर्दछ।

बलियो भोल्यूम

गत साता नेप्सेको भोल्यूम भने बलियो रहेको छ। गत साता नेप्सेमा दैनिक औषतमा ५ अर्ब ५ करोडको शेयर कारोबार भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ४ अर्ब ५४ करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम ११.२३ प्रतिशत बढी हो।

बुलिश प्रवृत्ति

गत साता नेप्से परिसूचक बुलिश प्रवृत्तिमा रहेको छ। गत साता नेप्सेको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा माथि रहेको छ। साथै, यी दुई रेखा बीचको दूरी फराकिलो हुँदै गइरहेको छ। गत साता नेप्सेको हिस्टोग्रामको उचाई पनि सकारात्मक क्षेत्रमा बढ्दो क्रममा रहेको छ।

बिक्री चाप बढी

गत साता नेप्सेको स्टकास्टिक आरएसआई ओभरसोल्ड जोन रहेको छ। यसले गत साता बजारमा खरिदचापको तुलनामा बिक्रीचाप बढी रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




सालपा विकास बैंकको आईपीओ बाँडफाँट

Jan 09, 2026 10:03 AM

पुस २५ गते, शुक्रबार, सालपा विकास बैंक लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बैंकले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ यस दिन बाँडफाँट भएको हो।