गत साता तीन कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये दुई कारोबार दिन नेप्से बढेर बन्द भएको थियो भने एक कारोबार दिन घटेर बन्द भएको थियो।
खरिदकर्ताको नियन्त्रणमा
गत साताको नेप्से परिसूचक टेवा क्षेत्र नजिक झरेर पुनः उकालो लागेको छ। साताको अन्तिम कारोबार दिन नेप्सेले हरियो मैनबत्ती बनाएको छ। यसले अल्पकाली रुपमा बजार खरिदकर्ताहरुको नियन्त्रणमा रहेको संकेत गर्दछ। आगामी दिनमा नेप्से उकालो लागेमा २६५० देखि २६८० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।
अल्पकालीन बुलिश प्रवृत्ति
गत साता नेप्से परिसूचक १० दिने र २५ दिने मुभिङ्ग एभरेजभन्दा माथि पुगेको छ। यले बजार अल्पकालीन बुलिश प्रवृत्तिमा रहेको संकेत गर्दछ। आगामी दिनमा ५० दिने र १०० दिने मुभिङ्ग एभरेजहरु प्रतिरोधको रुपमा रहेका छन्।

खरिद चाप बलियो
गत साता नेप्सेको दैनिक भोल्यूम २० दिने औषत भोल्यूमभन्दा बढी रहेको छ। यसले बजारमा खरिद चाप बलियो रहेको संकेत गर्दछ।

बुलिश प्रवृत्ति
गत साता नेप्सेको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा माथि रहेको छ भने यी दुई रेखा बीचको दूरी फराकिलो हुँदै गएको छ। त्यस्तै, नेप्सेको हिस्टोग्राम पनि सकारात्मक क्षेत्रमा रहेको छ। यसले गत साता नेप्से बुलिश प्रवृत्तिमा रहेको संकेत गर्दछ।

तिव्र बुलिश मोमेन्टम
गत साता नप्सेमा स्टकास्टिक आरएसआई तिव्र रुपमा ओभरबट जोनतर्फ बढिरहेको देखिन्छ। यसले बजारमा तिव्र बुलिश मोमेन्टम रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)
(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)