गत साढे १६ अंक बढेको नेप्से, यस साता के होला?

Sep 14, 2026 05:24 AM Merolagani



गत साता नेप्से परिसूचक साढे १६ अंक बढेर बन्द भएको थियो। अघिल्लो साता २५४२.७७ विन्दुमा बन्द भएको नेप्से, गत साता ०.६६ प्रतिशत अर्थात १६.७२ अंक बढेर २५५९.४९ विन्दुमा बन्द भएको थियो।

गत साता चार कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये दुई कारोबार दिन नेप्से बढेर बन्द भएको थियो भने दुई कारोबार दिन घटेर बन्द भएको थियो।

 

बिक्रेता कमजोर

अघिल्लो सातासम्म निरन्तरजसो ओरालो लागिरहेको नेप्से, गत साता २५२४.५५ विन्दुसम्म झरेको थियो। तर २५०० को प्रमुख टेवा क्षेत्र नजिक आइपुग्दा बिक्रेताहरु कमजोर बनेको देखिएको छ। लामो समयदेखि दबाबमा रहेको नेप्सेमा गत साता केही रिकभरीको प्रयार सुरु भएको देखिएको छ।

अल्पकालीन ‘बटम’

साप्ताहिक रुपमा गत साता नेप्सेले लामो पुच्छर भएको सानो हरियो मैनबत्ती बनाएको छ। यसले तल्लो विन्दुमा खरिदचाप उच्च रहेको र बजारले २५०० देखि २५२० को क्षेत्रमा अल्पकालीन ‘बटम’ बनाउन खोजेको संकेत गर्दछ।

‘स्मार्ट मनी’ को प्रवेश

गत साता नेप्सेको दैनिक भोल्यूम, २० दिने औषत भोल्युमकै हाराहारीमा रहेको छ। साताको अन्तिम कारोबार दिन नेप्सेको दैनिक भोल्यूम, २० दिने औषत भोल्यूमभन्दा बढी रहेको छ। यसले बजारमा ‘स्मार्ट मनी’ को प्रवेश हुन थालेकाे संकेत गर्दछ।

बियरिश मोमेन्टम कमजोर हुँदै

साताको अन्त्यतिर नेप्सेको एमएसिडी रेखा र सिग्नल रेखा बीचको दूरी साँधुरिएको छ। त्यस्तै, नकारात्मक क्षेत्रमा रहेको हिस्टोग्रामको उचाई पनि घट्न थालेको छ। यसले बजारमा बियरिश मोमेन्टम कमजोर भएको र बुलिश मोमेन्टम हाबी हुन थालेको संकेत गर्दछ।

बुलिश क्रशओभर

अघिल्लो साता एक्सट्रिम ओभरसोल्ड जोनमा पुगेको नेप्सेको स्टकास्टिक आरएसआईमा गत साता बुलिश क्रशओभर बनाएर माथि उक्लिएको छ। यसले बजारमा बिक्रीकर्ताको दबाब कम हुन थालेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)