गत साता चार कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये तीन कारोबार दिन नेप्से सामान्य अंक बढेर बन्द भएको थियो भने एक कारोबार दिन घटेर बन्द भएको थियो।
मुख्य सपोर्ट तोडेर तल्लो विन्दुमा
लामो समयदेखि दबाबपछि नेप्से अघिल्लो बलियो सपोर्ट जोन मानिएको २५५० देखि २६०० को क्षेत्र तोडेर झरेको छ। यद्यपि, साताको अन्त्यतिर नेप्से सामान्य सुधारिएको छ। गत साता नेप्से २५०० को मनोवैज्ञानिक विन्दु नजिकै अडिने प्रयास गरेपनि यसअघिको सपोर्ट जोन अब बजारका लागि प्रतिरोध क्षेत्रमा परिणत भएको छ।
बियरिश अलाइन्मेन्ट
गत साता नेप्से परिसूचक १० दिने, २५ दिने, ५० दिने र १०० दिने मुभिङ्ग एभरेजहरुभन्दा निकै तल रहेको छ। यी सबै रेखाहरुले बजारमा बियरिश दबाब (बियरिश अलाइन्टमेन्ट) निकै बलियो रहेको संकेत गर्दछ।

खरिदकर्ताको उत्साहमा कमी
गत साताका सबै कारोबार दिनहरुमा नेप्सेको दैनिक भोल्यूम, २० दिने औषत भोल्यूमभन्दा कम रहेको छ। कारोबार रकम सुस्त हुनुले तल्लो विन्दुमा खरिदकर्ताहरुको अझै ठूलो उत्साह नदेखिएको र बिक्रेताहरुले पनि हाल शेयर बिक्री गर्न छोडेको संकेत गर्दछ।

बियरिश प्रवृत्ति
गत साता एमएसिडी रेखा, सिग्नल रेखा र हिस्टोग्राम सबै नकारात्मक क्षेत्रमा रहेको छ। नेप्सेको एमएसिडी रेखा सिग्नल रेखाभन्दा पनि तल रहेको छ। यसले बजार अहिले बियरिश प्रवृत्तिमा रहेको संकेत गर्दछ।

टेक्निकल बाउन्सको सम्भावना
गत साता नेप्सेका स्टकास्टिक आरएसआई एक्सट्रिम ओभरसोल्ड जोनमा झरेको छ। यसले बजारमा छिट्टै प्राविधिक सुधार (टेक्निकल बाउन्स) आउन सक्ने सम्भावना रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)
(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)