गत साता साढे १ प्रतिशतभन्दा बढी घटेको नेप्से, यस साता के होला?

Oct 05, 2026 05:49 AM Merolagani



गत साता नेप्से परिसूचक साढे १ प्रतिशतभन्दा बढी घटेर बन्द भएको थियो। अघिल्लो साता २६२९.८१ विन्दुमा बन्द भएको नेप्से, गत साता १.६२ प्रतिशत अर्थात ४२.५६ अंक घटेर २५८७.२५ विन्दुमा बन्द भएको हो।

गत साता पाँच कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये एक कारोबार दिन नेप्से सकारात्मक रहेको थियो भने चार कारोबार दिन घटेर बन्द भएको थियो।

 

टेवा क्षेत्रमा

गत साता नेप्से परिसूचक टेवा क्षेत्रमा बन्द भएको छ। हाल नेप्सेको टेवा क्षेत्र २५५० देखि २६०० सम्म रहेको छ। तल्लो हरियो ट्रेण्ड लाइनले पनि सो क्षेत्रमा खरिद चाप निर्माण गर्न सहयोग गरेको देखिन्छ। यदि यो टेवा भत्किएमा सूचक दोस्रो बलियो डिमान्ड जोन (२४४० देखि २४९०) सम्म झर्न सक्छ।

मुभिङ्ग एभरेजको दबाब

हाल नेप्से परिसूचक १० दिने, २५ दिने, ५० दिने र १०० दिने मुभिङ्ग एभरेजहरुभन्दा तल रहेको छ। नेप्सेले १० दिने मुभिङ्ग एभरेजलाई तोड्न खोजे पनि असफल भएको देखिन्छ। आगामी दिनमा नेप्सेले सबै मुभिङ्ग एभरेजहरुको दबाबलाई तोडेर उकालो लागेमा २६५० देखि २६८० क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

कमजोर भोल्यूम

गत साताका अधिकांश दिनहरुमा नेप्सेको दैनिक भोल्यूम २० दिने औषत भोल्यूमभन्दा तल रहेको छ। बजार घट्दा कारोबार रकम पनि घट्नुले तल्लो विन्दुमा आउँदा बिक्री चाप केही सुस्त हुँदै गएको तर माथि लैजान ठूला लगानीकर्ताहरु ‘पर्ख र हेर’ को अवस्थामा रहेको संकेत गर्दछ।

अस्पष्ट बुलिश ट्रेण्ड

गत साता नेप्सेको एमएसिडी रेखा र सिग्नल रेखा दुबै नकारात्मक क्षेत्रमा रहेका छन् भने हिस्टोग्राम सकारात्मक क्षेत्रमा रहेको छ। नेप्सेको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा माथि रहनुले बुलिश प्रवृत्तिको संकेत गरेपनि यही दुबै रेखाहरु शून्य रेखाभन्दा तल रहेकोले बुलिश ट्रेण्ड स्थापित भइनसकेको संकेत गर्दछ।

कन्सोलिडेसनको सम्भावना

नेप्सेको स्टकास्टिक आरएसआई ७० नजिकबाट केही तल झर्न खोजेको देखिन्छ। यसले अल्पकालीन रुपमा बजार केही समय कन्सोलिडेसन वा साइडवेज रहन सक्ने संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।