गत साता २ प्रतिशतभन्दा बढी बढेको नेप्से, यस साता के होला?

Nov 02, 2026 06:26 AM Merolagani



दशैँ बिदा पछिको पहिलो साता नेप्से परिसूचक २ प्रतिशतभन्दा बढी बढेर बन्द भएको थियो। दशैँ अघि २६३४.१७ विन्दुमा बन्द भएको नेप्से, गत साता २.१३ प्रतिशत अर्थात ५५.९८ अंक बढेर २६९०.१५ विन्दुमा बन्द भएको हो।

गत साता पाँच कारोबार दिनका लागि बजार खुलेको थियो। जसमा तीन कारोबार दिन नेप्से बढेर बन्द भएको थियो भने दुई कारोबार दिन सामान्य अंक घटेको थियो।

 

प्रोफिट बुकिङ्ग

साताको अन्तिम कारोबार दिन नेप्सेले लामो टुप्पी भएको सानो रातो मैनबत्ती बनाएको छ। यसले २७१० भन्दा माथिको विन्दुमा लगानीकर्ताहरुले नाफा सुरक्षित गरेको संकेत गर्दछ।

बुलिश ट्रेण्ड

गत साता नेप्से परिसूचक १० दिने, २५ दिने, ५० दिने र १०० दिनु मुभिङ्ग एभरेजहरुभन्दा माथि छ। सबै मुभिङ्ग एभरेजहरु सकारात्मक क्रममा उकालो लाग्नुले बजारमा दीर्घकालीन र अल्पकालीन दुबै ट्रेण्ड बुलिश रहेको संकेत गर्दछ।

लगानीकर्ताको बलियो सहभागिता

गत साता चार कारोबार दिन नेप्सेको दैनिक भोल्यूम, २० दिने औषत भोल्यूमभन्दा धेरै माथि रहेको छ। उच्च कारोबार रकमसहित बजार २६९० को विन्दुमा टिकिरहनुले बजारमा ठूलो मात्रमा स्मार्ट मनी र लगानीकर्ताको बलियो सहभागिता कायम रहेको संकेत गर्दछ।

बुलिश मोमेन्टम

गत साता नेप्सेको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा माथि रहेको छ र यी दुबै रेखाहरु बीचको दूरी फराकिलो बन्द गएको छ। त्यस्तै, एमएसिडी रेखा, सिग्नल रेखा र हिस्टोग्राम सबै सकारात्मक क्षेत्रमा बढ्दो क्रममा रहेका छन्। यसले बजारमा बुलिश मोमेन्टम बलियो हुँदै गएको संकेत गर्दछ।

खरिदचाप बढी

गत साता नेप्सेको स्टकास्टिक आरएसआई ओभरबट जोनमा पुगेको छ। यसले बजारमा केही दिनदेखि लगातार तीव्र गतिमा वृद्धि भएकोले अल्पकालीन रुपमा बजार केही समय कन्सोलिडेसन वा सामान्य करेक्सनमा जान सक्ने संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)