विश्वमा सबैभन्दा धेरै चाँदी खपत हुने भारतको इतिहासमै पहिलो पटक बजारमा मूल्यवृद्धि संगै चाँदीको हाहाकार भएको छ । त्योसंगै नेपाल पनि प्रभावित हुनसक्ने देखिएको छ ।

इन्डियन बुलियन ज्वेलर्स एसोसिएसनको वेबसाइटका अनुसार, चाँदी प्रति किलोग्राम १७८,१०० भारतीय रुपैंया पुगेको छ । तर, बजारमा चाँदी खरिद विक्री लगभग ठप्प छ । किनकी यसकाे अभाव सृजना भएको छ । व्यवसायीहरुले मागको केही हिस्सा पनि पूर्ति गर्न सकेका छैनन् ।
नेपालको साथै भारतमा पनि दीपावली चाँदीको भाँडा र गहना खरिद हुने मुख्य पर्व हो । चाँदीको बढ्दो माग यो अभावको मुख्य कारण हो।
अखिल भारतीय ज्वेलर्स एण्ड गोल्डस्मिथ्स फेडरेशन (एआईजेजीएफ) का सचिव बिमल मेहता चाँदीका सिक्का, बार र इन्गटहरूको खरिद गर्न मानिसहरु पैसा बोकेर भौतारिने गरेको तर, उनीहरुले चाँदी फेला पार्न नसकिरहेको बताउंछन् ।
उनी अहिले भारतभर चाँदी अभाव रहेको बताउंदै आफूहरुले विदेशबाट चाँदी किन्न खोज्दा पनि नपाएको बताउंछन् ।
उनका अनुसार विश्वको सुन बजार आम मानिसहरुको पहुँचभन्दा बाहिर पुगेको र शेयर बजार पनि अस्थिर देखिएकोले मध्यम बर्गका धेरै लगानीकर्ताहरु चाँदीतर्फ आकर्षित भएको पाइएको छ । २०२५ को पहिलो नौ महिनामा चाँदीको मूल्य ६१ प्रतिशतले बढेको छ।
बिजनेस स्ट्यान्डर्डको रिपोर्ट अनुसार, जनवरी २०२५ मा एक औंस चाँदीको मूल्य २८.९२ डलर थियो, जुन सेप्टेम्बरको अन्त्यसम्ममा ४६ डलर पुगेको छ ।
यही कारणले गर्दा लगानीको उद्देश्यका लागि चाँदीको माग बढेको हुन सक्छ। एसएमसी ग्लोबल सेक्युरिटीज लिमिटेडकी कमोडिटी रिसर्च प्रमुख वन्दना भारती चाँदी अब गहना, भाँडाकुँडा र सिक्का जस्ता वस्तुहरूका साथै यो सौर्य र इलेक्ट्रोनिक्स उत्पादनहरूमा व्यापक रूपमा प्रयोग भइरहेको छ। त्यसैले, पहिलेको तुलनामा चाँदीको माग बढेको छ।
व्यावसायिक आवश्यकताहरूको अतिरिक्त, विश्वभरका रिजर्भ बैंकहरूले आफ्नो सुन र चाँदीको भण्डार बढाइरहेका छन्। ट्यारिफ युद्ध र विश्वव्यापी तनावका कारण, चाँदीलाई सुरक्षित लगानीको रूपमा हेरिएको छ।
२०२०/२१ देखि, विश्वव्यापी चाँदीको उत्पादन माग अनुरूप बढेको छैन। यसको अर्थ आपूर्ति पहिले नै सीमित छ।
अब, बजारमा पहिले नै उपलब्ध चाँदी मात्र किन्न र बेच्न सकिन्छ। लन्डन बुलियन मार्केट एसोसिएसनले यसको मूल्य निर्धारण गर्दछ।