विभिन्न १३ वटा निर्जीवन बीमा कम्पनी र २ वटा लघु निर्जीवन बीमा कम्पनीमा परेका कुल ७०४ वटा बीमा दाबीको करिव ३ अर्ब २६ करोड ७६ लाख दाबी परेको जानकारी निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त भएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार शिखर, सिद्धार्थ प्रिमियम र एनएलजी इन्स्योरेन्समा ५० करोड रुपैयाँ भन्दा माथिको दाबी परेको छ । हिमालय एभरेष्ट, नेसनल इन्स्योरेन्स, दि ओरियन्टल इन्स्योरेन्समा २० देखि ३७ करोड रुपैयासम्मको दाबी परेको छ भने आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स, नेको इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र नेपाल इन्स्योरेन्समा १० देखि १७ करोड रुपैयाँसम्मको दाबी परेको छ ।
सानिमा जिआईसी इन्स्योरेन्स, ट्रस्ट माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्समा १० करोड रुपैयाँ भन्दा कमको दाबी परेको छ ।
निर्जीवन बीमाको पोर्टफोलियो अनुसारको दाबीको विद्यमान अवस्था
