प्रि ओपन सेसन अपडेटः सामान्य अंक घट्यो नेप्से

Oct 26, 2025 10:53 AM Merolagani



तिहार बिदा पछिको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ।

तिहार अघिको अन्तिम कारोबार दिन १६.६७ अंक बढेर २५०३.८५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.४० अंक घटेर २५०३.४४ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०३२ अंक घटेको छ।

आइतबार प्रि ओपन सेसनमा २८ स्टकको ५३ पटकको कारोबारमा १ करोड ३५ लाख ६१ हजार ९९५ रुपैयाँ ८० पैसाबराबरको २५ हजार ८१२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ७ स्टकको मूल्य बढेको छ भने १७ स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




तिहार बिदापछिकाे पहिलाे काराेबार दिन कतिमा हुँदैछ सुन र चाँदीकाे काराेबार?

Oct 26, 2025 11:01 AM

कार्तिक ९ गते, आईतबार, तिहार पछिको पहिलो दिन नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि गिरावट भएको छ । यस दिन सुनको मूल्य प्रतितोला ११ हजार ६०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा २६५ रुपैयाँले घटेको छ ।