प्रि ओपन सेसन अपडेटः साढे १७ अंक बढ्यो नेप्से

Oct 13, 2025 10:54 AM Merolagani



साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १७ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार ७८.८३ अंक घटेर २५०३.३५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १७.६५ अंक बढेर २५२१.०० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ३.९८ अंक बढेको छ।

सोमबार प्रि ओपन सेसनमा ४९ स्टकको ७७ पटकको कारोबारमा ४ करोड ९६ लाख ९ हजार ६४७ रुपैयाँबराबरको ९६ हजार ३७३ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३१ स्टकको मूल्य बढेको छ भने १५ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।