प्रि ओपन सेसन अपडेटः करिब साढे ५ अंक बढ्यो नेप्से

Oct 08, 2025 10:53 AM Merolagani



साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ५ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार ५८.५५ अंक घटेर २६०४.९६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ५.३१ अंक बढेर २६१०.२७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.७२ अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा ४० स्टकको ५० पटकको कारोबारमा ४० लाख ६८ हजार २३४ रुपैयाँ २० पैसाबराबरको ३ हजार ९६४ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २३ स्टकको मूल्य बढेको छ भने १५ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।