अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार १६०.३३ अंक घटेर २५११.९१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २४.३५ अंक घटेर २४८७.५६ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ४.२७ अंक घटेको छ।
आइतबार प्रि ओपन सेसनमा १७३ स्टकको ८४५ पटकको कारोबारमा ५ करोड ४८ लाख १३ हजार ५५४ रुपैयाँ ८० पैसाबराबरको १ लाख १८ हजार ५३७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १७ स्टकको मूल्य बढेको छ भने ११७ स्टकको मूल्य घटेको छ। बाँकी ३९ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।