प्रि ओपन सेसन अपडेटः करिब २ अंक बढ्यो नेप्से

Oct 12, 2025 10:54 AM Merolagani



साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार २२.५९ अंक बढेर २५८२.१८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.७८ अंक बढेर २५८३.९७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.३३ अंक बढेको छ।

आइतबार प्रि ओपन सेसनमा ३२ स्टकको ६७ पटकको कारोबारमा २ करोड ४० लाख ५८ हजार ८१७ रुपैयाँ ८० पैसाबराबरको ४४ हजार १७३ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ११ स्टकको मूल्य बढेको छ भने २० स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।