आइतबार सहरी विकासमन्त्री कुलमान घिसिङले बञ्चरेडाँडा ल्याण्डफिल साइटका बासिन्दासँग छलफल गर्दै माग पूरा गर्ने प्रतिवद्धता जनाएसँगै स्थानीयले फोहोर फाल्न नरोक्न सहमत भएका हुन् ।
घिसिङले १५ दिनभित्र माग पूरा गर्ने प्रतिबद्धता जनाएका हुन् । यसअघि गएको बुधबारदेखि त्यहाँका स्थानीयले फोहोर फाल्न रोकेका थिए । त्यसपछि काठमाडौं महानगरपालिकाले सूचना जारी गरी फोहोर घर बाहिर ननिकाल्न महानगरबासीलाई भनेको थियो ।