दुई वाणिज्य बैंकको शेयरमूल्य समायोजन

Nov 03, 2025 06:16 AM Merolagani



कात्तिक १७ गते, सोमबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई वाणिज्य बैंकहरुको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा सिद्धार्थ बैंक (SBL) र सिटिजन्स बैंक इन्टरनेशनलको मूल्य समायोजन भएको हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुई बैंकहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले यस दिन दुबैं बैंकहरुको ५–५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात सिद्धार्थको शेयरमूल्य ३४९ रुपैयाँ ५२ पैसा कायम भएको छ भने सिटिजन्सको २०२ रुपैयाँ कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी बैंकहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात आइतबार दोस्रो बजारमा सिद्धार्थ बैंकको शेयर प्रतिकित्तक ३६७ रुपैयाँमा कारोबार भएको थियो भने सिटिजन्स (CZBIL) को शेयर प्रतिकित्ता २१२ रुपेयाँ १० पैसामा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा यी बैंकहरुको शेयर कारोबार खुल्नेछ।
सिद्धार्थ बैंकले कात्तिक ३० गते, आइतबार, आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा चौबीसौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ५.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक नियुक्ति र सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा भएको अधिक खर्च अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

यता सिटिजन्स बैंकले भने हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दैछ।




चेकबाट हुने रकम भुक्तानीमा राष्ट्र बैंकले ल्यायो यस्ताे व्यवस्था

Feb 26, 2026 06:14 PM

नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।