गरिमा विकास बैंकको शेयरमूल्य समायोजन

Nov 04, 2025 06:25 AM Merolagani



कात्तिक १८ गते, मंगलबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गरिमा विकास बैंक (GBBL) को शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

यस दिन नेप्सेले बैंक्को ६ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात बैंकको शेयरमूल्य ३९३ रुपैयाँ ४० पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात सोमबार, दोस्रो बजारमा बैंकको शेयर प्रतिकित्ता ४१७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर आजको बजारमा बैंकको शेयर कारोबार खुल्नेछ।

बैंकले कात्तिक २७ गते, बिहीबार, होटल पोखरा ग्राण्ड, बिरौटा, पोखरामा उन्नाइसौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ४.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले रजिष्टर्ड कार्यालय स्थानान्तरण गर्ने, छाप तथा लोगो परिवर्तन गर्ने, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज अथवा एक्विजिशनको कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।




आइतबार १९.२७ अंकले बढेकाे नेप्सेले किन देखायाे ८८५.३२ अंकले घटेकाे, कारण यस्ताे ?

Mar 01, 2026 04:06 PM

नेप्सेले आईतबारको शेयर बजार ८८५.३२ अंकले घटेर १७६९.६० विन्दुमा झरेको देखाएकाे छ । नियमित कारोबार समयमा १९ अंकले बढेर बन्द भएको बजार एकैदिन ठूलो अंकको गिरावट भएको देखाएकाे हाे ।