धीरेनमान श्रेष्ठले लोमान्थाङ यात्राको अनुभवमा भने, ‘बजाज चेतक ईभीले मन जित्यो’

Nov 04, 2025 04:00 PM merolagani



विद्युतीय सवारी साधनका पारखी धीरेनमान श्रेष्ठले हालै काठमाडौँबाट लोमान्थाङ हुँदै नेपालको उच्च हिमाली क्षेत्र अपर मुस्ताङको कोरला सीमा (४,६६० मिटर) सम्म यात्रा गरे ।

यात्रामा उनले चेतक ईभीको विश्वसनीयता र क्षमता प्रमाणित गर्दै चुनौतीपूर्ण भू–भागहरूमा समेत सहज रूपमा यात्रा गर्न सकिने आफ्नो अनुभव सुनाएका छन् ।

“मैले कहिल्यै कल्पना गरेको थिइनँ कि एउटा इलेक्ट्रिक स्कूटरले यति कठिन परिस्थितिमा पनि सहजै यात्रा गर्न सक्छ भनेर’ धीरेनमान श्रेष्ठले भने,‘काठमाडौंको व्यस्त सडकदेखि लोमान्थाङका उकाली–ओराली मार्ग र कोरला सीमासम्म, चेतक ईभीले एकदम उत्कृष्ट प्रदर्शन ग-यो । यसको स्मूथ पावर डेलिभरी,प्रभावशाली रेंज र उच्च गुणस्तरको सस्पेन्सनले यो यात्रा सम्भव मात्र होइन, आनन्ददायी पनि बनायो ।”

श्रेष्ठको यो यात्रा नेपालको विद्युतीय गतिशीलता क्षेत्रमा एक महत्वपूर्ण उपलब्धि रहेको कम्पनीले जनाएको छ । श्रेष्ठले भने, ‘यो यात्राले चेतक ईभी केवल वातावरणमैत्री मात्र होइन, शक्तिशाली, भरपर्दो र लामो दूरीका लागि तयार छ भन्ने प्रमाणित गर्छ ।’ उनले थपे ।

बजाज चेतक ईभीले नेपालमा व्यक्तिगत गतिशीलताको परिभाषा परिवर्तन गर्दै,प्रयोगकर्ताहरूलाई आराम, स्टाइल र प्रदर्शनमा कुनै सम्झौता नगरी वातावरणमैत्री विकल्प उपलब्ध गराएको कम्पनीको भनाइ छ ।

बजाज चेतक ईभी दक्षता, टिकाउपन र स्टाइलका लागि डिजाइन गरिएको एक प्रिमियम इलेक्ट्रिक स्कूटर हो । यसको सहज सवारी अनुभव र वातावरणमैत्री प्रविधिले नेपालमा शहरी तथा साहसिक यात्राका लागि लागि नयाँ पुस्ताको प्रतिनिधित्व गर्छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।