वाणिज्य बैंकहरुको नाफा घट्यो, ग्लोबल आइएमई बैंककाे नाफा सबैभन्दा बढी

Nov 07, 2025 09:26 AM Merolagani



वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको कुल नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

गत आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा १६ अर्ब १२ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको २० वाणिज्य बैंकहरुले, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १३ अर्ब १४ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएका छन्। समीक्षा अवधिमा बैंकको यस्तो नाफा १८.४७ प्रतिशत घटेको हो।

१५ वाणिज्य बैंकहरुको नाफा घटेको र एक वाणिज्य बैंक नोक्सानीमा रहेका कारण समग्रमा बैंकहरुको नाफा घट्न पुगेको हो।

 

सर्वाधिक नाफा कमाउनेमा ग्लोबल आइएमई बैंक

सो अवधिसम्ममा सबैभन्दा बढी नाफा कमाउने बैंक, ग्लोबल आइएमई बैंक लिमिटेड रहेको छ। सो बैंकले असोज मसान्तसम्ममा १ अर्ब ८५ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो २२.९२ प्रतिशत बढी हो।

गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा सर्वाधिक नाफा कमाएको नबिल बैंक भने चालु आर्थिक वर्षको सोही अवधिमा दोस्रो स्थानमा झरेको छ। सो बैंकले गत असोज मसान्तसम्ममा १ अर्ब ७५ करोड रुपैयाँ नाफा कमाएको छ।

अर्ब क्लबमा मात्र ५ वाणिज्य बैंक

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ५ बैंकहरु मात्र अर्ब क्लबमा समावेश भएका छन्। अर्थात ५ बैंकले मात्र १ अर्बभन्दा बढी नाफा कमाएका छन्। गत आर्थिक वर्षको सोही अवधिसम्ममा १ अर्बभन्दा बढी नाफा कमाउने ८ वाणिज्य बैंक थिए। यस आर्थिक वर्षको पहिलो त्रैमासमा ग्लोबल आइएमई, नबिल, प्राइम, एभरेष्ट र कुमारीले अर्ब क्लबमा आफ्नो स्थानलाई यथावता राख्दा प्रभु बैंक, एनएमबि बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक सो क्लबबाट बाहिरिएका छन्।

एक बैंक घाटामा

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा १ वाणिज्य बैंक नोक्सानीमा रहेको छ। सो अवधिसम्ममा सिटिजन्स बैंक इन्टरनेसनल २२ करोड ४ लाख रुपैयाँ नोक्सानीमा पुगेको हो। गत आर्थिक वर्षको यसै अवधिसम्ममा बैंकले १९ करोड ८२ लाख रुपैयाँ यस्तो नाफा कमाएको थियो।

नाफा वृद्धिदरमा राष्ट्रिय वाणिज्य बैंक अगाडि

समीक्षा अवधिमा सबैभन्दा बढी नाफा बढाउने बैंक भने राष्ट्रिय वाणिज्य बैंक रहेको छ। सो बैंकले समीक्षा अवधिमा २९५.७२ प्रतिशत नाफा बढाएको हो।गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १५ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ५९ करोड ८७ लाख रुपैयाँ यस्तो नाफा कमाउन सफल भएको छ।

१४ वाणिज्य बैंकहरुको नाफा घट्यो

समीक्षा अवधिमा १४ वाणिज्य बैंकहरुको नाफा घटेको छ। जसमध्ये कृषि विकास बैंकको नाफा सर्वाधिक ९६.९९ प्रतिशत घटेको छ। गत आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा १९ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ९६.९२ प्रतिशत घटेको छ भने प्रभु बंकको ४६.३३ प्रतिशत घटेको छ।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।