एनआईसी एशिया बैंकको वितरणयोग्य मुनाफा ६ अर्ब ऋणात्मक

Nov 07, 2025 12:19 PM Merolagani



एनआईसी एशिया बैंक लिमिटेड (NICA) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा सो अवधिसम्म ६ अर्ब २४ करोड रुपैयाँ ऋणात्मक रहेको छ।

गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ११ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १२ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। समीक्षा अवधिमा बैंकको खुद नाफा १०.५३ प्रतिशत बढेको हो।

खुद ब्याज आम्दानी सामान्य घटेपनि सञ्चालन मुनाफा बढेका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १०.४४ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ३.१५ प्रतिशत घटेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ९.४९ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ११.३१ प्रतिशत बढेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३७ पैसा बढेर ३ रुपैयाँ २८ पैसा पुगेको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १९८ रुपैयाँ ७४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ९७.७३ गुणा रहेको छ।

१४ अर्ब ९१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १४ अर्ब ७२ करोड रुपैयाँ सञ्चित छ। बैंकले असोज मसान्तसम्ममा ३ खर्ब ३७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।